भदौ २८ । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोमा पुरिएर ५० जनाको मृत्यु भएको छ ।
केही दिनदेखिको भारी वर्षापछिको पहिरोले दक्षिण किबु प्रान्तको कमितुगा शहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी अरू कयौँ मानिस बेपत्ता भएको बीबीसीले जनाएको छ।
अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन्। प्रान्तीय अधिकारीका अनुसार पीडितहरूमध्ये अधिकांश युवा छन्। घटनामा बाँच्न सफल भएकाहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरूले जनाएका अनुसार खानीका लागि खनिएका तीनटा गहिरा खाडलमा पानी पसेर पहिरो गएको थियो। एजेन्सी
Facebook Comments


























