काठमाडौं, भदौ २८ । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन्।
बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँका कम्तिमा १२ घर पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको हो।
उनी स्थलमार्गबाटै त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्।
Facebook Comments


























