रोल्पा, भदौ २७ । शुक्रबार राति पहिरोले पहिरोले घर पुरिँदा रोल्पाको लुङ्ग्रीमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। रोल्पाको लुङ्ग्री-१ पाङको ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर माथिबाट खसेको पहिरोले पुरिएको हो।
रोल्पाको लुङ्ग्री-१ पाङको ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर माथिबाट पहिरो खसेको हो। घर पुरिएर उनका छोराहरू ११ वर्षका युवराज र ८ वर्षका अमरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा ज्ञानसिंहकी आमा ५० वर्षकी बीरमा र पत्नी ३५ वर्षकी नन्दकली गम्भीर घाइते छन्। ज्ञानसिंह करिब ८ वर्षदेखि भारतमै छन्। १४ वर्षका जेठा छोरा आफन्तको घरमा पाहुना गएका थिए।
जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीले दुवै मृतकको शव निकालिएको र घाइते सासूबुहारीलाई उपचारका लागि अस्पताल पुर्याइएको बताए।
पाङ क्षेत्रमा रातभर अत्यधिक वर्षा भएको थियो। कमजोर आर्थिक अवस्थाको ज्ञानसिंहको परिवार लामो समयदेखि टिनको छाना भएको गोठमा बस्दै आएको थियो।


























