भदौ २७ । इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज (शनिबार) बाट सुरु हुदैछ।
कोरोनाले प्रभावित बनेको विश्व फुटबलका बीच प्रिमियर लिगको नयाँ सिजन सुरु हुन लागेको हो।
जम्मा ७ हप्ताको विश्रामपछि नयाँ सिजन सुरु हुन लागेको हो। कोरोनाका कारण अघिल्लो सिजन प्रभावित बनेपछि छोटो विश्रामका साथ प्रिमियर लिग सञ्चालन गर्न लागिएको हो।
शनिबार पहिलो दिन चार खेल हुदैछ।
साविक विजेता लिभरपुलले नवप्रवेशी क्लब लिड्सलाई एनफिल्डमा स्वागत गर्नेछ। लिभरपुलका जोर्डन हेन्डरसन र जोएल माटिप चोटका कारण खेल्ने÷नखेल्ने अनिश्चित छ। तर दुवै जना प्रशिक्षणमा फर्किएका छन्।
लिड्स समेत चोटका कारण गैटानो बेर्डी र एडम फोर्शव बिनै मैदान उत्रनेछ।
लिड्सले नयाँ सिजनका लागि हस्ताक्षर गरेका रोड्रिगो र रोविन कोच अन्तराष्ट्रिय जिम्मेवारी पुरा गरि इङ्ल्याण्ड फर्किएका छन्।
दुवै खेलाडी फिट छन् र लिड्सबाट डेब्युको प्रतिक्षा गरिरहेका छन्। लिड्सले कीर्तिमानी मुल्यमा रोड्रिगोलाई नयाँ सिजनका लागि क्लबमा अनुबन्धन गरेको थियो।
अन्य खेलमा लण्डन क्लब आर्सनल नवप्रवेशी फुलहमको भ्रमणमा निस्कनेछ भने क्रिस्टल प्यालेसले साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्नेछ। दिनको अन्तिम खेलमा न्युक्यासल र वर्नली भिड्नेछन्।


























