काठमाडौं, भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्।
यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ थियो।
Facebook Comments


























