काठमाडौं, भदौ २६ । गायक प्रताप दासद्वारा स्वरबद्व नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ।
सरोज पोखरेलद्वारा संगीतबद्ध अन्जानैमा बोलको गीत म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो। सत्यराज चौलागाईंद्वारा रचित गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन्। यो रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ। भिडियोमा दीपक घिमिरे र मीनाक्षी महताराले मोडलिङ गरेका छन्। भिडियोमा उनीहरूको जोडीलाई आकर्षक देखिएको छ।
म्युजिक भिडियो नीतीन चन्दले निर्देशन गरेका छन्। भिडियो रूपेश थापाले छायांकन गरेका छन्।
Facebook Comments

























