चितवन, भदाै २६ । शुक्रबार थप ३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। भरतपुर अस्पतालकाे परीक्षण प्रयाेगशालामा गरिएकाे परीक्षणका क्रममा चितवनकाे ३१ सहित नवलपुरका दुई र पर्साका एकजनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे। बिहीबार राति १२ बजेसम्मकाे नतिजाअनुसार संक्रमित हुनेहरुमध्ये चितवनमा भरतपुर महानगरपालिकाभित्रका मात्रै ३१ जनामा संक्रमण देखिएकाे हाे।

Facebook Comments


























