तनहुँ, भदौ २३ । इलाका प्रहरी कार्यालय देवघाटले कुटपिट घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेर आँबुखैरेनी पठाएको छ। देवघाट गाउँपालिका वडा नम्बर २ का सचिव गंगाराम मानन्धरलाई सोमबार राति मादकपदार्थ सेवन गरी कुटपिट गरेको आरोपमा ऋषिङ गाउँपालिका वडा नम्बर ३ का २६ वर्षिय धनसिंह मगर र २३ वर्षिय असिम थापालाई पक्राउ गरि कारवाहीको लागि खैरेनी पठाएको इलाका प्रहरी कार्यालय देवघाटका इञ्चार्ज प्रहरी नायव निरीक्षक उज्वल चिलुवालले जानकारी दिए। मादक पदार्थ सेवन गरेर गएका उनीहरुले वडा सचिव मानन्धरलाई राति सुतिरहेकै ठाउँमा पुगेर हातपात गरेका थिए।
यता गाउँपालिकाका कर्मचारीले भने निजामती सेवा दिवसकै दिन निजामति कर्मचारीमाथि कुटपी६ भएको भन्दै वडा नम्बर २ मा सातदिनसम्म सरकारी काम नगर्ने चेतावनी दिएका छन्। मंगलबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीको सुरक्षाको ज्ञारेण्टी नभएसम्म काम गर्न नसक्ने भन्दै घटनामा संलग्न दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन्।



























