चितवन, भदौ २३ । समाचार संकलनको क्रममा चितवनका पत्रकारद्वय केदार शर्मा र शिशिर सिंखडालाई चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले टेलिफोन संवादका क्रममा धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै नेपाल प्रेस युनियन चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रत्ननगर–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अनुदानको मल महंगो मूल्यमा बिक्री गरेको विषयमा जानकारी लिन खोज्दा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पत्रकारद्वय शर्मा र सिंखडालाई फोनमै धम्कीपूर्ण भाषा बोलेको भन्दै युनियनले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएको हो।
किसानले समयमै मल नपाइरहेकाे समयमा थाेरै मात्रामा आएकाे मलमा पनि अनियमितता भएकाे गुनासाे आउन थालेपछि त्यसकाे लागि समाचार संकलन गर्ने क्रममा फाेन गर्दा सिडिओले पत्रकारलाई धम्क्याएका थिए। पत्रकारमाथि प्रशासनले नै धम्कीपूर्ण भाषा प्रयाेग गरेपछि पत्रकारले कसरी सुरक्षाकाे महसुस गर्ने भनेर युनियनले प्रश्नसमेत उठाएकाे छ। विज्ञप्ति हेर्नुहोस्ः



























