काठमाडौं, भदौ २२ । दोस्रो बजारका लगानीकर्ताले नाफा बुक गर्ने होडले सोमबार सेयर बजार १२.१७ अंकले घटेको छ। गत साता सुधारिएको बजारबाट केही नाफा देखिए पछि लगानीकर्ताले सेयर बिक्री गर्न थालेका हुन्।
कारोबार खुलेदेखि नै घट्न थालेकाले सोमबार दुई अर्ब १६ करोड रुपैयाँको मात्रै कारोबार भयो। नेप्से सूचक ०.८१ प्रतिशतले घटेर १४८७.८१ अंकमा रोकिएको छ। सोमबार १९२ वटा कम्पनीको कारोबार भएको छ।
सबैभन्दा धेरै मूल्य वृद्धि हुनेमा आधारमूल्य भन्दा तल झरेका जलविद्युत कम्पनी छन्। व्यापार, फाइनान्स, अन्य र लघुवित्तको सूचकमा सामान्य सुधार देखिए पनि बाँकी सूचक भने ओरालो झरेका छन्।
कारोबार सुरु भएदेखि नै बढ्दो क्रममा सर्किट लाग्दै आएको एनआरएन इन्फ्रास्ट्रक्सचर एन्ड डेभलपमेन्टको घट्दो क्रममा सर्किट लागेको छ।
Facebook Comments


























