काठमाडौं, भदौ २२ । सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ। सोमबार सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार पनि सोही भाउमा कारोबार भैरहेको थियो।
त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९५ हजार ६०० रुपैयाँ रहेको छ। त्यस्तै, आज (सोमबार) चाँदीको भाउ स्थिर रहेको छ। आज चाँदी प्रति तोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ।
Facebook Comments


























