काठमाडौं, भदौ २२ । कोरोना भाइरसबाट मृत्यु भएकालाई परिवारबाट अलग राखेर ‘किड्नी, आँखालगायतका अंग निकाल्ने गरिन्छ’ भन्दै हल्ला फैलाएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको ढोलाहिटीबाट प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बूलाई पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दीपक थापाका अनुसार लिम्बूले अफवाह फैलाउने अभिव्यक्ति दिएपछि पक्राउ गरिएको हो।
लिम्बूले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए।
प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दाबी गर्दै आएको प्रहरीले जनाएको छ।
Facebook Comments


























