काठमाडौं, भदौ २२ । उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना संक्रमणमुक्त भएका छन्। चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसका सांसद चौधरीलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनले १० दिन पछि कोरोना कोरोना संक्रमणमुक्त भएका हुन्। उनले सामाजिक संजाल ट्वीटरमार्फत यसको जानकारी दिएका हुन्।
उनले आफूलाई संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको पनि सामाजिक संजाल मार्फत नै जानकारी दिएका थिए। उनले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गरेका थिए। सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै उनले आफूलाई स्वास्थ्यलाभको कामना गर्नु हुने सबैलाई धन्यवाद दिएका छन्।
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै हाइप्रोफाइलहरुमा पनि संक्रमण बढ्न थालेको छ।
Facebook Comments


























