काठमाडौं, भदौ २१ । सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।
गत बुधबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रूपैयाँ घटेको छ।
आज छापावाला सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
चाँदीको भाउ भने आइतबार वृद्धि भएको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























