गोरखा, भदौ २१ । गोरखा अस्पतालमा शनिबार उपचारक्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। गोरखा नगरपालिका–७ की ७५ वर्षीया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो।
शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएकी उनमा मष्तिष्कसँग सम्बन्धित समस्या थियो र यसको उपचार गर्दै आइएको थियो।
ती महिलाको परिवारका अन्य ३ सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो। कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। आइतबार रिपोर्ट आउँदा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापनको तयारी गरिरहेको छ।
Facebook Comments


























