भदौ २० । सुशान्तसिंह राजपूत आत्महत्या केशमा जोडिएकी उनकी प्रेमिका रिया चक्रवर्ती जुनसुकै बेला पनि पक्राउ पर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनकै कारण सुशान्त आत्महत्या गर्न बाध्य परेको आरोप लागिरहेका बेला सीबीआईले घटनाको अनुसन्धान गरिरहेको छ। सीबीआईले भने रियाबाट पुष्टि हुने कुनै प्रमाण फेला नपरेको दाबी गर्दै आएको छ।
उनीमाथि अब लागुऔषध प्रयोग तथा कारोबारबारे अनुसन्धान थालिएको छ। लागुऔषधसम्बन्धी अनुसन्धान गर्ने निकाय नारकोटिक कन्ट्रोल ब्यूरो (एनसीबी) ले सुशान्त केससँग जोडिएको ड्रग्स प्रयोगबारे अनुसन्धान थालेको हो। जसले गर्दा उनको गिरफ्तारीको काउनडाउन शुरू भएको छ।
यसअघि उनका भाइ शौविक पक्राउ परेका थिए। त्यस्तै सुशान्तका पूर्वहाउस म्यानेजर सैमुअल मिराण्डा पनि पक्राउ परेका छन्।
उनीहरूमाथि सोधपुछका क्रममा शौविकले नै ड्रग्स किनेर रियालाई दिने गरेको खुल्न आएको छ। त्यस्तै सैमुअल ड्रग्स किनेर सुशान्तलाई दिने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको अनुसन्धान अधिकारीले जनाएका छन्। त्यसैले पनि अब रिया गिरफ्तार पर्न सक्ने सम्भावना बढी छ।
जुन १४ मा मुम्बईस्थित आफ्नै फल्याटमा सुशान्तले आत्महत्या गरेका थिए। उनलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै सुशान्तका बुबा केकेसिंह राजपूतले प्रहरीमा उजुरी दिएका थिए। सर्वोच्चको आदेशपछि उक्त मुद्दामा सीबीआईले अनुसन्धान गरिरहेको छ। एजेन्सी


























