भदौ २० । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत गएरातिका खेलमा बलियो टोली मानिएको इटली बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिदा नेदरल्याण्डसले पोल्याण्डलाई हराएको छ।
इटलीले घरेलु मैदानमा बोस्नियासँग १–१ गोलको बराबरी खेलेको हो। म्यान्चेष्टर सिटीका इडिन जोकोले गोल गर्दै पाहुना टोली बोस्नियालाई अघि बढाएका थिए। स्टेभानो सेन्सीलेले बराबरी गोल फर्काउदै इटालीको हार टारेका थिए।
समूह ‘ए’ को खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई हराएको छ । प्रिमियर लिग क्लब टोटेनहमका स्टीवन बर्गविजनको गोलमा डच टिमले जित निकालेको हो।
घरेलु मैदानमा हान्स हेटबोयरको पासलाई सदुपयोग गर्दै बर्गविजनले खाली पोस्टमा गोल गरेका थिए। लिभरपुलका भर्जिल भान डिजिकको नेतृत्वमा नेदरल्याण्डस मैदान उत्रिएको थियो।
म्यान्चेष्टर युनाईटेडमा भर्खरै ३५ मिलियन पाउण्डमा आबद्ध भएका डोन भान डी विक वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए।
पोल्याण्ड मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्की बिनै मैदान उत्रिएको हो। गत महिनामात्र उनले बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। एजेन्सी


























