रूपन्देही, भदौ २० । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।
केही दिनदेखि उपचाररत एक महिलाको आज बिहान र एक पुरूषको शुक्रबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो। उच्च ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनी भदौ १७ गते अस्पताल भर्ना भएकी थिइन्।
बुटवल ११ का ४० वर्षीय पुरूषको भने शुक्रबार राति ११ बजेर १० मिनेटमा मृत्यु भएको डा.गौतमले बताए। उनी यही भदौ १५ गते अस्पताल भर्ना भएका थिए।
Facebook Comments


























