अछाम, भदौ १९ । प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९ वर्षका खेमराज शाही, २० वर्षका भूपेन्द्र शाही, २० वर्षका विनोद बहादुर शाही, २१ वर्षका अक्कल शाही, १९ वर्षका विनोद शाही र २५ वर्षका रमेश शाही रहेका छन्।
प्रहरीका अनुसार, भदौ १६ गते मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका २४ वर्षका सन्तोष भण्डारीलाई सोही वडा खानडाडाका भन्ने स्थानमा भुपेन्द्र शाही लगायत ७र८ जनाको समूहले कुटपिट गरेका थिए।
घाइते भण्डारीको अछाम जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको जनाइएको छ।
Facebook Comments


























