धादिङ, भदौ १९ । धादिङको नीलकण्ठ नगरपालिका– १३ मा एक युवकले धारिलो हतियार प्रहार गरी ६४ वर्षीय वृद्धको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार सामान्य विवादमा परियारले गुरुङको हत्या गरेका हुन्।
हत्यापछि युवकले आत्मसमर्पण गरेका छन्। उनीले मृतकको टाउको बोकेर प्रहरी कार्यालय पुगेका थिए।
Facebook Comments


























