सुनसरी, भदौ १८ । बिना इजाजतको अवैध औषधिसहित ३ जनालाई हरिनगर गाउँपालिका २ भुटाहा सिसुवा धरमपुरस्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका १ बस्नेहरू ३७ वर्षीय अख्तर मियाँ, २२ वर्षीय एहरमान अंसारी र ३२ वर्षीय मुख्तर आलम रहेको प्रहरीले जनाएको छ।
बिना इजाजतका विभिन्न औषधि विक्री वितरण गर्ने गरेको उजुरी पछि प्रहरीले जाँच गर्नेक्रममा अख्तर मियालाई २ हजार ९ सय ८० ट्याबलेट निमोस –पी, ४ हजार ९ सय ८० क्याप्सुल भाईवेल, ८ ट्याबलेट स्पास्मो प्रोक्सीभन र ६० ट्याबलेट नाइट्राभेट सहित पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारवाहीको लागि औषधी विभागको कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Facebook Comments


























