काठमाडौं, भदौ १८ । पछिल्लो समय निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बिहिबार भने ०.१५ अंकले घटेको छ।
कारोबारको सुरुमा उकालो यात्रा तय गरेको नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.०१ प्रतिशतले घटेको छ।
आज ११ बजे १५१०.५७ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजे सम्म आउँदा १५१०.४२ को बिन्दुमा पुगेको छ।
नेप्से परिसुचक ओरालो लागे पनि सेन्सेटिभमा भने हरियाली नै कायम छ। सेन्सेटिभ सुचकांक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ०.१४ अंकले बढेर ३०४.७३ को बिन्दुमा पुगेको छ।
त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये अँन्तिम समय सम्म आउँदा ७ उपसमूह भने हरियोमा नै कायम रहेका छन।
आज कारोबारमा अन्तिम समयसम्म आएका १८६ कम्पनीको ९३ लाख २ हजार ९७० कित्ता शेयर ३९ हजार २०५ पटक खरिद विक्री हुदाँ २ अर्ब ६३ करोड ४८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १९ लाख ८३ हजार ९०० कित्ता शेयर ४ हजार ७८६ पटक खरिद विक्री हुदाँ ४१ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको करोबार गरि उच्च स्थानामा रहेको छ।


























