काठमाडौं, भदौ १८ । मनसुनी न्यूनचापीय रेखा मध्य र पश्चिम नेपालकेन्द्रित हुँदा शुक्रबारसम्म मात्रै भारी वर्षा हुने सम्भावना देखिएको छ। शनिबारबाट मनसुनी न्यूनचापीय रेखा कमजोर हुँदै जाने प्रक्षेपण गरिएको छ।
बिहीबार र शुक्रबार बागमती प्रदेश, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा मात्रै भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिवार भने प्रदेश १ का एक÷ दुई स्थानमा मात्रै भारी वर्षा हुने अनुमान गरिएको छ। तर, मनसुनी वर्षा भने देशैभर सक्रिय भई हल्कादेखि मध्यम वर्षा हुने आँकलन गरिएको छ।
मनसुन सकिन अब २० दिनमात्रै बाँकी छ। नेपालमा सामान्यतया मनसुन जुन १०देखि सुरु भई सेप्टेम्बर २३ मा सकिन्छ।
Facebook Comments

























