भदौ १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाईज टिम चेन्नई सुपर किङ्सका खेलाडी र स्टाफ कोरोना भाईरसबाट मुक्त भएका छन्।
चेन्नईका सीईओ कासी विश्वनाथले टिमका खेलाडी र स्टाफ कोरोनाबाट मुक्त भएको बताएका छन्।
गत साता आईपीएलका लागि दुबई पुगेको चेन्नईका खेलाडीसहित कम्तिमा १० जनालाई कोरोना भाईरसको संक्रमण देखिएको थियो।
कोरोना देखिएपछि खेलाडी र स्टाफलाई क्वारेन्टिनमा राखिएको थियो।
तर, कोरोना देखिएको एक सातापछि उनीहरु कोरोना मुक्त भएका हुन्।
सीईओ विश्वनाथले पछिल्लो पटक गरिएको दुई पटकको रिपोर्ट नेगेटिभ आएको बताए।
ुपहिलो टेस्ट नेगेटिभ आयो। त्यसपछि अर्को परिक्षण पनि,ु विश्वनाथले क्रिकवजसँग भनेका छन्।
खेलाडी र स्टाफ कोरोना मुक्त भएसँगै टिमले प्रशिक्षण थाल्ने तयारी समेत गरेको छ।
चेन्नईका सीईओ विश्वनाथले सेप्टेम्बर ४ बाट टिमले प्रशिक्षण थाल्ने समेत बताए।
आईपीएलका लागि चेन्नईको टिम अगस्ट २१ मा दुबई पुगेको थियो। र, अगस्ट २८ बाट तयारी थालेको थियो।
आईपीएलको यस संस्करण युएईमा हुँदैछ। १३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ।
तर, आईपीएलले खेल तालिका भने सार्वजनिक गरेको छैन। एजेन्सी


























