चितवन, भदौ १७ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्र ‘सिल’ गरिएको छ। केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो। यससँगै आज बिहानदेखि केन्द्र सिल गरिएको उनले जानकारी दिए।
केन्द्रलाई पूर्णरुपमा निर्मलीकरण र कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङ गरेसँगै केन्द्र सञ्चालनमा आउने पौडेलले जानकारी दिए। पौडेलले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिकालाई पूर्ण पालना गरेर निर्मलीकरण गरिने जानकारी दिए। तत्काल रगत चाहिने बिरामी प्रभावित भएका छन्।
Facebook Comments


























