काठमाडौं, भदौ १७ । गत आर्थिक नेपालदेखि हुने चाउचाउको निर्यात ४० प्रतिशत घटेको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको गत आर्थिक बर्षको तथ्यांकले यस्तो देखाएको हो।
गत आवमा चाउचाउ र पास्ता जस्ता बस्तुको निर्यातमा सो बराबरको ह्रास आएको केन्द्रले बताएको छ। गत आवमा ६९ करोड ९७ लाख ८ हजार रुपैयाँको चाउचाउ निर्यात भएको छ, जुन अघिल्लो आवको तुलनामा ४५ करोड ९४ लाख रुपैयाँले कम हो। अघिल्लो रु १ अर्ब १५ करोड ९१ लाखको चाउचाउ निर्यात भएको छ।
बिशेषगरि कोरोना भाइरसको महामारीका कारण पनि चाउचाउमा निर्यातमा कमी आएको हुन सक्ने बताइएको छ। कोरोना भाइरसको महामारीले गत आवको ४ महिनासम्मको बैदेशिक व्यापार नमज्जाले प्रभावित भयो। साथै, नेपालका उद्योग पनि पुर्ण रुपमा सञ्चालन भएनन्। फलस्वरुप चाउचाउ जस्ता बस्तुको निर्यात घटेको हुन सक्ने बताइएको छ।
Facebook Comments


























