काठमाडौं, भदौ १६ । अन्य अभिनेताजस्तै पुष्प खड्का पनि फिल्मको काम रोकिएको बेला अहिले म्युजिक भिडियोमा व्यस्त छन्। गत असारमा लकडाउन खुलेपछि उनी म्युजिक भिडियोतर्फ व्यस्त भएका थिए। पछिल्लो समय उनका तीनवटा म्युजिक भिडियो रिलिज भए भने यतिबेला उनको नयाँ गीतको भिडियो रिलिज भएको छ।
उनको दुई दिनको फरकमै दुईवटा म्युजिक भिडियो रिलिज भएको हो। उनको अभिनय रहेको गीत ‘सास म बन्न पाए’को भिडियो बिहीबार मात्र रिलिज भएको थियो। पुष्प खड्काले अभिनय गरेको नयाँ गीत भुरभुर पुतली‘को भिडियो यतिबेला रिलिज भएको छ। भिडियोलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ।
नयाँ गीत फुरफुर पुतलीको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन्। आफूले लकडानभन्दा अघि नै यो भिडियोको छायांकन गरेको विधानले राजधानीलाई निर्देशक कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफुल बनाएका छन्। किसन रेग्मी निर्माता रहेको यो गीतको भिडियामा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ।
यो गीतलाई समिर आचार्य र गायिका सुरेखा क्षत्रीले गाएका हुन्। जसमा नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको छ। गीतमा राजेन्द्र भट्ट र मिस्टर आरजेले संगीत दिएका छन्।


























