काठमाडौं, भदौ १४ । प्रहरीले काठमाडौं महानगरपालिका ६, बौद्ध सिमलटारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार, स्थानिय दावा शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीलाई पक्राउ गरिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार सूचनाको आधारमा शेर्पाको घरमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन्।
प्रहरीका अनुसार, उनीहरुका साथबाट २ लाख ९० हजार २ सय २० रुपैयाँ तथा भारतीय रुपैयाँ १ हजार, २१ बुक तास र ८ सेट क्वाइन गोटीसमेत बरामद भएको छ।
Facebook Comments


























