काठमाडौं, भदौ १४ । आइतबार सुनको भाउ सामान्य बढेको छ। यस दिन सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा आएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको भाउ भने स्थिर छ। यसदिन चाँदी प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको हो। शुक्रबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ९ सय रुपैयाँ रहेको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ४ सय रुपैयाँ थियो।
Facebook Comments


























