भदौ १४ । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टी-ट्वान्टी खेल आज (आइतबार) हुँदैछ।
म्यानचेस्टरमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार साँझ ७ बजे सुरु हुनेछ।
ओल्ड ट्राफोर्डमा मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन्।
दुबै टिम तीन खेलको सिरिजमा १-० को अग्रता बनाउँन चाहन्छ।
तर, दुबै टिमलाई खराब मौसमको डर रहेको छ। किनकि पहिलो खेल वर्षाको कारण वासआउट भएको थियो।
इंग्ल्यान्डले ब्याटिङ गरिरहदा पहिलो खेल वर्षाले प्रभावित गरेको थियो।
खेल रोकिनु अघि इंग्ल्यान्डले १६ ओभर १ बलमा ६ विकेट गुमाएर १ सय ३१ रन जोडेको थियो।
इंग्ल्यान्डका टम ब्यान्टनले ४२ बलमा ७१ रन बनाए। उनी टी-ट्वान्टीमा इंग्ल्यान्डका लागि अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने।
यस्तै डाविड मालनले २३ तथा कप्तान इयान मोर्गनले १४ रन बनाएका थिए।
पाकिस्तानका इमाद वासिम र शादब खानले २र२ विकेट लिएका थिए।
तीन खेलको सिरिज अन्तर्गतको तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ।
पाकिस्तानपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ।


























