धनगढी, भदौ १३ । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाको अवधि पाँच दिन थप गरेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाको समय अवधि आइतबार राति १२ बजे सकिने भएपछि शनिबार समय थप गरेको हो।
निषेधाज्ञाको अवधि सकिन एक दिन बाँकी रहँदा जिल्ला प्रशासन कार्यालय कैलालीले थप पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।
प्रशासनले भदौ १९ गते राति १२ बजेसम्मका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।
कैलालीमा कोरोना समुदायस्तरमा फैलिँदै जान थालेपछि निषेधाज्ञा थप गरिएको सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
Facebook Comments


























