काठमाडौं, भदौ १३ । ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा काठमाडौँ निवासी ५१ बर्षिय संक्रमित महिला र भक्तपुर निवासी ६२ बर्षिय संक्रमित महिलाको मृत्यु भएको हो।
स्वास्थ्य कार्यालयका अनुसार श्रावण ३० गतेदेखि पाटन अस्पतालमा उपचारत काठमाडौँकी ५१ बर्षिय संक्रमित महिलाको शुक्रबार राति १० बजेर ४० मिनेटमा मृत्यु भएको छ।
त्यस्तै भदौ ८ गतेदेखि उपचारत भक्तपुरकी ६२ बर्षिय संक्रमित महिलाको शनिबार बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको छ।
Facebook Comments


























