चितवन भदाै १२ । चितवनमा शुक्रबार एकैदिन ३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। भरतपुर अस्पताल काेभिड-१९ परीक्षण प्रयाेगशालामा गरेकाे परीक्षणबाट १५ जना, चितवन मेडिकल कलेजकाे परीक्षण केन्द्रमा गरेकाे परीक्षणबाट ९ जना र बाँकी १४ जना धुलिखेल परीक्षण प्रयाेगशालामा गरिएकाे परीक्षणबाट संक्रमण पुष्टि भएकाे हाे। साँझ भरतपुर काेभिड-१९ बाट १४ र रत्ननगरका एकजना गरी १५ जनामा संक्रमण पुष्टि भएपछि चितवनमा एकैदिन संक्रमितकाे संख्या ३८ पुगेकाे हाे। शुक्रबार थपिएकाे ३८ जनासँगै चितवनमा काेराेना संक्रमितकाे संख्या ५२५ पुगेकाे छ।
Facebook Comments