काठमाडौं, भदौ ११ । पछिल्लो केही दिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार फेरि बढेको छ। यसदिन सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ वृद्धि भएको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा आएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ रहेको थियो। चाँदीको भाउ भने प्रतितोला १३ सय १० रुपैयाँ थियो।
Facebook Comments


























