दाङ, भदौ १० । रासायनिक मलको कारोबजारी गरेको अभियोगमा तीन जनालई प्रहरीले पक्राउ गरेको छ।
गढवा बजार र आसपासको क्षेत्रमा बढी मुल्यमा युरिया मल विक्रि वितरण गरेको अभियोगमा गढवा गाउँपालिका वडा नं ५ निवासी सुनिल पोख्रेल, वडा नं ७ निवासी राजकुमार गुप्ता र सोही ठाउँका युवराज पाण्डेलाई पक्राउ गरिएको छ।
७ सय २१ रुपैयाँ प्रति वोरा पर्ने यूरिया मललाई प्रति बोरा दुई हजार ४ सय रुपैयाँमा विक्रि गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले पसलको अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पत्ता लागेको हो।
कालोबजारी गर्नेहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरेर अनुसन्धान थालिएको छ।
Facebook Comments


























