काठमाडौं, भदौ १० । बुधबार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुश भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ।
यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४.७ रिक्टरस्केलको भूकम्प गएको थियो।
Facebook Comments


























