भदौ १० । बेलायती नम्बर एक टेनिस खेलाडी जोहान्ना कोन्टा वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।
न्युयोर्कमा जारी प्रतियोगिताको तेस्रो चरणमा रसियन खेलाडी भेरा जेभोनारेभालाई पराजित गर्दै कोन्टा क्वाटरफाइनलमा प्रवेश गरेकी हुन्।
२९ वर्षीय कोन्टाले साविक विजेता समेत रहेको भेरालाई ६-४ र ६-२ को सेटमा पराजित गरिन्।
आठौं वरियताकी कोन्टाले भेराविरुद्ध जित निकाल्न एक घण्टा २१ मिनेटको समय निकालिन।
कोन्टाले अब अमेरिकी खेलाडी सेरेना विलियम्ससँग खेल्ने छिन्।
सेरेनाले ग्रिककी मारिया साक्करीलाई पराजित गरिन्।
पूर्व विश्व नम्बर समेत रहेकी सेरेनाले मारियालाई ७-५, ६-७ र ६-१ को सेटमा पराजित गरिन्।
पुरुषतर्फ विश्व नम्बर एक नोभाक जोकोभिकले क्वाटरफाइनलमा स्थान बनाएका छन्।
सर्बियन खेलाडी जोकोभिकले टेनी स्यान्डग्रेनलाई ६-२ र ६-४ ले पराजित गरे।
बेलायती खेलाडी एन्डी मर्रे भने तेस्रो चरणबाट बाहिरिएका छन्।
तेस्रो चरणमा मर्रे क्यानाडाका मिलोस राओनिकसँग ६-२ र ६-२ को सेटमा पराजित भए। एजेन्सी


























