भदौ १० । अमेरिकाको समुद्री तटीय राज्यहरु क्युबा र मेक्सिको हुँदै टेक्सस र लुदियानामा प्रवेश गरेको आँधीले २० जनाको ज्यान लिएपछि ती राज्यहरुमा आपतकाल घोषणा गरिएको छ।
लौरा ब्यारेल नामको आँधी क्युबाबाट मेक्सिकोको खाडी क्षेत्रमा प्रवेश गरेको र टेक्सस र लुदियानातर्फ अघि बढेकाले त्यस क्षेत्र वरपरका सर्वसाधारणलाई आ–आफनो घर खाली गर्न आदेश दिइएको छ।
भारी वर्षापछि आएको आँधीले अधिकांश घरहरु नष्ट गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो क्षेत्रका बासिन्दका लागि राहत प्याकेजको घोषणा गर्न सम्बन्धित निकायलाई अपील गर्नुभएको छ।
यसबीच टेक्सस राज्यका ३ लाख ८५ हजार सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ। एजेन्सी
Facebook Comments


























