विराटनगर, भदौ १० । कोरोना संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार राति उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। तर चिन्ताजनक अवस्थामा उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार विराटनगर ११ की ४४ वर्षीय ती कोरोना संक्रमीत महिलाको उपचारकै क्रममा मृत्यु भएको हो। उनलाई सोमबार साँझ ७ बजे विराट टिचिङ हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन तथा छातीरोग विशेषज्ञ डा.पुरु कोरोइलाले बताए।
श्वासप्रश्वासमा समस्या भएकी ती महिलाको स्वाब कोसी अस्पतालमा परीक्षण गर्दा पोजेटिभ आएको थियो। कोसीले विराट रेफर गरेको थियो। विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। तीमध्ये २ महिला र ९ पुरूष छन्।


























