बाँके, भदौ १० । बाँकेमा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ।
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का ३७ वर्षे पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
बिरामीको दुवै फोक्सोमा निमोनिया भएको नेपालगन्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालले जनाएको छ।
बिरामी भएर नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका उनलाई हिजोबाट शिक्षण अस्पताल कोहलपुरको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। ८ गते अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना परीक्षण गरिएको र हिजो दिउँसो ३ बजे कोरोना पोजेटिभको रिपोर्ट आएको अस्पतालले जनाएको छ।
उनको आज बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको हो।
Facebook Comments


























