बारा, भदौ ८ । नेपाल आयल निगमको अमलेखगंजस्थित क्षेत्रीय डिपोमा कार्यरत कर्मचारीसहित बारामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा निगममा कार्यरत ९ जना कर्मचारी र अन्य सातजना अमलेखगंजका स्थानीय रहेका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाअध्यक्ष कृष्णबहादुर ठकुरीका अनुसार निगमको प्रशासन र सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको हो। जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अमलेखगंजमा शनिवार ८१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि वीरगंज पठाइएको थियो।
संक्रमित कर्मचारीमध्ये तीनजना वीरगंज, तीनजना अमलेखगंज र बाँकी अन्य स्थानका छन्। यसैगरी संक्रमित हुने अन्य सात स्थानियमा इन्धन ढुवानी गर्ने ट्यांकरका चालक समेत छन्।
Facebook Comments


























