काठमाडौ, भदौ ८ । प्रहरीलाई दुर्ब्यवहार गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। अर्घाखाँची भुमिकास्थान गाउँपालिका ८ घर भई हाल नयाँबानेश्वर बस्ने १९ वर्षीय रमेश कुमार बिक लागायत चार जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
गोकर्णेश्वर नगरपालिका ८ नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा ४८ प ५६५४ र प्रदेश नम्बर-३-०२-०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्रहरीमाथी नै हातपात र ढुङ्गा प्रहार गरी लखेटी रहेको भन्ने खवर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चार जनालाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक अनुसन्धान भईरहेको छ।
Facebook Comments


























