दैलेख, भदौ ८ । दैलेख सदरमुकामको एउटै टोलमा ११ जनामा देखिएको कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखले भदौ ४ गतेदेखि लगाएको निषेधाज्ञा तीन दिन थपेको छ। भदौ ४ गतेदेखि सुरु गरिएको निषेधाज्ञा भदौ ७ गते सम्म गरिएको थियो। पुनः जोखिम बढ्न सक्ने भन्दै भदौ १० गते सम्मका लागि तीन दिन थप गरिएको छ।
जिल्लाभित्र सवारी आवागमन पुर्ण रुपमा बन्द गरिएको छ। आन्तरिक सहजताका लागि अत्यावश्यक सेवाहरुमा खुल्ला गर्नुका साथै तरकारी पसहरु बिहान २ घण्टा र बेलुका २ घण्टा खुल्ला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए।
दैलेखका ११ वटा स्थानीय तहमध्ये सवैभन्दा धेरै नारायण नगरपालिकामा संक्रमण बढेको छ। अहिलेसम्म जिल्लाभर १ हजार ३७ व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ। उपचारबाट सन्चो भएर ९ सय ७५ जना घर फर्किसकेका छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।


























