काठमाडौं, भदौ ८ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार तोलामा ४ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले घटेको छ।
सोमबार प्रतितोला ९८ हजार ४ रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाले घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९७ हजार ४०० रुपैयामा कारोबार भइरहेको जनाइएको छ। त्यसैगरी आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।
Facebook Comments


























