काठमाडौ, भदौ ६ । कोरोना भाइरसको सङ्क्रमणले बागमती प्रदेशमा मात्रै २९ जनाको मृत्यु भएको छ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणले नेपालमा १४६ जनाको मृत्यु भएको छ। त्यसमध्ये बागमती प्रदेशमा शनिबारसम्म २९ जनाको मृत्यु भएको हो।
मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरूषको कोरोनाले मृत्यु भएको छ भने २६० जना संक्रमित भएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
Facebook Comments


























