वीरगन्ज, भदौ ६ । वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचार गराइरहेका थप एक कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ।
अस्पताल स्रोतका अनुसार पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो।
मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए। पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो।
कोरोना अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डा.निरजकुमार सिंहले बताए।
Facebook Comments


























