चितवन, भदौ ६ । बकुलहर रत्ननगर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले कोरोना संक्रमणमुक्त भएकाछन्। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो।
भरतपुर अस्पतालबाट स्वाब दिनुभएका डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ। डा.बगालेलाई १२ दिन अघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बसेकाछन्। कार्य क्षेत्रमै खटिएका बेलामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
उनीसंगै परीक्षणका क्रममा श्रीमतिको भने पुनः सङक्रमण देखिएको बगालेले जानकारी दिए। आईसोलेसनमानै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ। रासस
Facebook Comments


























