भदौ ६ । चेल्सी क्लब लेस्टर सिटीका डिफेन्डर बेन चिलवेल अनुबन्धनको नजिक देखिएको छ।
लेस्टरले चिलवेललाई लण्डन क्लब पठाउन ५० मिलियन पाउण्डको अपेक्षा गरेको छ।
चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्ड समेत २३ बर्षिया डिफेन्डरलाई लण्डन क्लबमा अनुबन्धन गर्न चाहन्छन्।
चेल्सी च्याम्पियन्स लिगमा छनोट हुने बित्तिकै उनले रक्षापङ्तीलाई बलियो बनाउन चिलवेललाई पहिलो लक्ष्यमा राखेका छन्। चिलवेलको क्लब लेस्टर भने च्याम्पियन्स लिग छनोट हुन असफल रहेको थियो।
चिलवेल बेच्न पाउँदा लेस्टरलाई धेरै फाईदा हुने देखिन्छ। उनी लेस्टर सिटीका एकेडेमीका खेलाडी हुन्।
लेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सले सिजनको अन्तिममा नीजि रुपमा चिलवेल बिक्रीका लागि नभएको बताएका थिए। लेस्टरलाई उनलाई छोड्नका लागि अनुमती दिन अस्विकार गरेको छैन।
यदी चिलवेलको सरुवा पक्का भएको खण्डमा समर ट्रान्सफरमा चेल्सीले तेस्रो ठुलो मुल्यको खेलाडी अनुबन्धन गर्नेछ। उसले यस सिजनका लागि टिमो वार्नर र हाकिम जियाचलाई नयाँ सिजनका लागि अनुबन्धन गरिसकेको छ।
उनको आगमनले इमर्सन पाल्मिएरी र मार्कोस अलान्सोमध्य एक क्लबबाट बाहिरिन सक्नेछन्।
चिलवेलले लेस्टरमा मिश्रित नतिजा आत्मसाथ गरे । उनले रिकार्डो परेरासंग मिलेर निकै राम्रो प्रर्दशन गरेका थिए। उनी प्रशिक्षक ब्रेन्डन रोजर्सको टिमका एक मुख्य खेलाडी हुन्।
चोटका कारण उनले सिजनको अन्तिम ५ खेल गुमाएका थिए। लेस्टर च्याम्पियन्स लिगमा छनोट नहुने कारण मध्य उनको चोट समेत एक हो।
चिलवेलको लेस्टरसंगको सम्झौता अझै तीन बर्ष बाँकी छ। उनले ईङ्ल्याण्डबाट ११ खेल खेलेका छन्। सोही कारण लेस्टर अहिले बलियो बार्गेनिङ अवस्थामा छ।
लेस्टरले गत सजन समेत डिफेन्डर ह्यारी मुगुईरीलाई ८० मिलियन पाउण्डमा म्यान्चेष्टर युनाईटेडलाई बेचेको थियो। एजेन्सी


























