भदौ ५ । घरेलु टिम इंग्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम तथा तेस्रो टेस्ट आज (शुक्रबार) बाट सुरु हुँदैछ।
दुई टिमबीचको अन्तिम टेस्ट साउथह्याम्पटनको द रोज बलमा सुरु हुनेछ। खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
इंग्ल्यान्ड र पाकिस्तानका यस टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ।
इंग्ल्यान्ड अन्तिम टेस्ट जित्दै सिरिज कब्जा गर्न चाहन्छ। तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ।
तर, पाकिस्तान अन्तिम टेस्ट जित्दै सिरिज बराबरी गर्न चाहन्छ।
पहिलो टेस्टमा टेस्टमा इंग्ल्यान्डले ३ विकेटको जित निकालेको थियो। तर, वर्षाले प्रभावित दोस्रो टेस्ट ड्र भएको थियो।
इंग्ल्यान्डको लागि यो वर्षको अन्तिम टेस्ट हो। यस अघि इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको सिरिज २-१ ले जितेको थियो।
पाकिस्तानसँगको अन्तिम टेस्टको लागि इंग्ल्यान्डले दोस्रो टेस्ट खेलेकै खेलाडीलाई मैदान उतार्ने भएको छ। इंग्ल्यान्डले अघिल्लो प्लेइङ सेटमा कुनै परिवर्तन गरेको छैन।
पाकिस्तानले भने प्लेईङ सेट सार्वजनिक गरेको छैन। एजेन्सी

























