मुम्बई, भदौ ३ । भारतीय कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए । उनले ग्याङस्टर लोरेन्स बिस्नोइका लागि काम गर्ने गरेको बताइएको छ।
योसँगै उनीमाथि अन्य कैयन् आरोप पनि छन्।
प्रहरीका अनुसार राहुल अन्य चार हत्याका घटनामा पनि मुछिएका छन्। उनले सन् २०१९ मा एक व्यक्तिको हत्या गरेको आरोप छ।
ती व्यक्तिले लोरेन्सले भनेका कारण चार व्यक्तिको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ। प्रहरीको अपराध शाखाले आरोपीलाई भारतका उत्तराखण्डबाट पक्राउ गरेको हो।
आरोपीले सलमान खानको हत्या गर्ने योजना बनाएको स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्। सलमान खानको हत्या गर्नका लागि उनको घरको रेकी गरेको पनि उनले स्वीकारेका छन्।
पूरै जानकारी जुटाएका बेला भारतमा लकडाउन शुरु भएको थियो। त्यसैकारण यो काममा सफल नभएको प्रहरीले जनाएको छ। एजेन्सी


























